इरान, उर्मिया । इरानको उर्मिया शहरमा संचालित दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप कबड्डी प्रतियोगितामा नेपाली जुनियर कबड्डी टीम विजयी भएकाे छ ।
नेपाली टीम ईराक टीमबीच भएकाे क्वार्टर फाइनल खेलमा ६४ अंक ल्याएर दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप प्रतियोगितामा नेपाली टीम विजयी भएकाे हाे ।
२०७९ फागुन १७ गते भएकाे खेलमा नेपालले जर्जियालाई ८४/१७ अंकको फराकिलो अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा प्रवेश गरेकाे थियाे ।
२०७९ फागुन १७ गतेकाे खेलमा नेपाली जुनियर कबड्डी टिम क्वार्टर फाइनलमा प्रवेश गरेकाले क्वार्टर फाईनलमा नेपालको प्रतिस्पर्धा आज २०७९ फागुन १८गे साँझ भएकाे ईराकसंगकाे खेलमा नेपालले जीत हासिल गरेकाे हाे ।
इराककाे उर्मिया शहरकाे खेल मैदानबाट साे टीमका अफिसियल्स प्रमुख लक्ष्मण राज बरालले दोश्रो जुनियर वर्ल्ड कबड्डी च्याम्पियनसिप कबड्डी प्रतियोगितामा नेपाली जुनियर कबड्डी टीमले लगातार जित हासिल गरेकाे खुसीमा व्यक्त गर्दै खेलाडीलाई बधाई तथा सम्पूर्ण कबड्डीले खेलप्रेमीहरूलाई धन्यवाद दिएका छन् ।
(तस्बिर: लक्ष्मण राज बराल, इराक, उर्मिया)



