🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।