🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार दाहाल र वाग्लेलाई

काठमाडौँ, ९ फागुन (रासस) : नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । विसं २०६४ देखि पत्रकारिता सुरु गर्नुभएका दाहालले सुशासन/सार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आउनुभएको छ ।

उहाँ दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ । पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै आउनुभएको छ । उहाँ राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आइएनएस डट कममा कार्यरत हुनुहुन्छ ।
 

उहाँहरूलाई जनही रु ५० हजार राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिनुभयो ।
–––