🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ, ८ फागुन (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल आज सोमबार पोखराबाट काठमाडौँ आउनु भएलगत्तै सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुबै नेताबीच भेटवार्ता भएको हो । 

उहाँहरूबीच करिब एक घण्टा भेटवार्ता भएको बताइएको छ । यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न दलका नेताबीच भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री दाहाल नेता नेपालसँगको भेटवार्तापछि पार्टी पदाधिकारी बैठकमा सहभागी हुन कोटेश्वरस्थित पेरिसडाँडा पुग्नुभएको थियो ।
–––