🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज फागुन ५ गते शल्यक्रिया हुने भएको छ । २०७९ फागुन ३ गते बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे भारतकाे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।

  कांग्रेस का केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीका अनुसार, फागुन ५ गते  शुक्रवार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा  शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरेको उनले जानकारी दिएका छन । उनका अनुसार उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले दिएकाे जानकारी अनुसार भण्डारीकाे अवस्थास्थिर रहेको चिकित्सकले बताएका छन्। 

२०७९ फागुन ३ गते बुधवार राति ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासी लागेको आगोमा परी सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । काठमाडाैं नयाँ बानेश्वरस्थित सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याईका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो फागुन ४ गते मुम्बई लगिएको थियो ।

सांसद भण्डारीकी आमाको भने हिजो फागुन ४ गते कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको छ ।