🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।  बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो ।

बिहिबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हाे । बुधबार युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३   पैसा कायम गरिएको थियो । 

उता, बिहिबार १ रुपैयाँ ५ पैसाले ओरालो लागेर बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५९ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ३२ पैसा तोकिएको छ । यसअघि बुधबार यसको खरिददर १६१ रूपैयाँ ९ पैसा र बिक्रीमूल्य १६१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।  

त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९२ रूपैयाँ ४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ४६ पैसाका कारोबार भएको थियो । 

यता, क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ६५ पैसा र बिक्रीमा ९९ रूपैयाँ १० पैसा ताेकिएकाे छ । यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रूपैयाँ ९ पैसा र बिक्रीमा ३० रूपैयाँ २३ पैसा ताेकिएकाे छ ।

आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६१ पैसा र  बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३० पैसा तोकिएको छ ।