🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोरङमा दुई पुरुष मृत फेला

विराटनगर, ३ फागुन । मोरङका अलगअलग स्थानमा २ जना पुरुष मृत फेला परेका छन् । दुवै जनाको पहिचान खुल्न सकेको छैन । बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत फेला परेका छन् ।

सुतिरहेको अवस्थामा मृत फेला परेका पुरुषको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । उत्तानो परेको र शरीरको आधा भाग पानीमा डुबेको अवस्थामा राति साढे ९ बजेतिर शव भेटिएको डीएसपी कार्कीले बताए । 

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।