🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज, १ असार (रासस) :  सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजले जनाएको छ । 

पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरुपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ । 

विद्युतको  पोलमा सीधैं हुकिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए  । 

पक्राउ परेका उनीहरुको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिएका छन्  । 
–––