🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुरकाे कुखुरा फार्ममा आगलागी

भक्तपुर, १ फागुन ।  भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फार्ममा आगलागी भएको छ । सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङकाे कुखुरा फार्ममा आगलागी भएको हो । 

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए ।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट ब्राेईलर कुखुराको चल्ला १८ सयवटा  र  कुखुराको फर्म गरी जम्मा ९ लाख   बराबरको क्षति भएको अनुमान गरिएको छ ।