🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनका ६ हजार थिएटरमा इंग्लिस विंग्लिस

मुम्बई । दिवंगत बलिउड अभिनेत्री श्रीदेवी स्टारर फिल्म ‘इंग्लिस विंग्लिस’ रिलिज हुनासाथ दर्शकको प्रिय बनेको थियो । दर्शकले श्रीदेवीको भूमिकालाई निकै मन पराएका थिए ।

अब यो फिल्म श्रीदेवीको सम्मानमा उनको पाँचौं वार्षिकीमा २४ फेब्रुअरीमा पुनः रिलिज हुँदै छ । गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा टोरन्टो फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर गरिएको थियो ।

रोचक कुरा के छ भने श्रीदेवी १५ वर्षपछि चिनियाँ थिएटरमा देखिँदैछिन् । इरोज इन्टरनेसनलका सिइओ कुमारले चीनका ६ हजार थिएटरमा फिल्म रिलिज हुने जानकारी दिएका छन् ।

निर्देशक गौरीले फिल्मलाई उनकी आमाको जीवनबाट प्रभावित भएर बनाएकी हुन् । फिल्ममा श्रीदेवी एक गृहिणीको भूमिकामा छन् । जो अमेरिकामा अंग्रेजी सिक्छिन् र नयाँ साथी बनाउँछिन् । फिल्ममा आदिल हुसेन, सुमित व्यास, प्रिय आनन्दलगायतको अभिनय छ ।