🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाडीकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, २४ माघ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा भएको मोटर साइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । प्रदेश २–००१च ०४११ नं.को गाडीले बा २ ख ६६६९ नं.को बसलाई उछिन्न खोज्दा बनेपाबाट भक्तपुरतर्फ आउदै गरेको लु ८८ प ६२०८ नं.को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे बनेपा–७ का १९ वर्षीय आयुष न्यौपाने रहेका प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले बताए ।

मृतकको शव अस्पतालमै रहेको छ । सवारीसाधनसहित दुवै गाडीका चालक प्रहरी नियन्त्रणमा छन् ।