• मंगलबार-बैशाख-११-२०८१

अन्तरराष्ट्रिय समुदायलाई मद्दत गर्न टर्कीको आह्वान

अङ्कारा, २३ माघ, (रासस-एएनआई): टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी ५०० भन्दा बढीको ज्यान  गएको छ ।  

 

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।  यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।


टर्कीले स्तर ४' अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।

 

प्रतिकृया दिनुहोस