• शनिबार-बैशाख-८-२०८१

वाम गठबन्धन बचाउने राष्ट्रपतिको खोजी : एमालेमा राष्ट्रपति भण्डारी र ओली दुई धार 

 

काठमाडौं । एमालेले राष्ट्रपतिमा कसलाई अगाडि सार्छ भन्ने अहिलेसम्म प्रष्ट भएको छैन । माओवादीले भने राष्ट्रपतिमा एमालेभन्दा पनि कांग्रेसलाई सहयोग गर्ने शैलीमा देखिएपछि परिस्थिति किचलो बन्न थालेको छ । माओवादीका उम्मेदवार भएका हरेक पदमा कांग्रेसले निर्विरोध हुन सघाइरहेको छ । माओवादीले पाएको राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नै दिएन । 


त्यसरी सत्ता गठबन्धनभित्र अविश्वास सिर्जना गराउने काम कांग्रेसले गरिरहेको छ । यहीबीचमा फेरि एमालेभित्र पनि दुई धार देखिएको छ । एमालेमा अध्यक्ष केपी ओली र  राष्ट्रपति विद्यादेवी भण्डारीको दुर्ई समूह देखिएको हो । राष्ट्रपतिपको उम्मेदवारी मुद्दालाई लिएर यो समूहवीच कसलाई उम्मेदवार बनाउने भन्नेमा निकै चासो र चलखेल  भइरहेको छ । 


  राष्ट्रपति भण्डारीले आफूनिकट नेतालाई राष्ट्रपति बनाउने खोजिरहेको चर्चा पनि छ । त्यहीकारण ईश्वर पोखरेल, डोरमणि पौडेल, गोमा देवकोटा, महेन्द्रबहादुर पाण्डेलगायतका नाम चर्चामा आएको पनि बताइन्छ । अष्टलक्ष्मी शाक्य, सुवास  नेम्वाङ, पृथ्वीसुुब्बा गुरुङ, विष्णु रिमाललगायतका एक दर्जनको नाम पनि चर्चामा आइरहेको छ ।

 

राष्ट्रपतिमा माओवादीले पनि रुचाएको व्यक्तिलाई छनौट गरेर वाम गठबन्धन सत्ता जोगाउनुपर्ने पक्षमा राष्ट्रपति भण्डारी रहेको स्रोत बताउछ । तर, ओलीले रिमाललगायतका केही नेताहरुको नाम लिएपछि भने भण्डारी पक्ष असन्तुुष्ट  बनेको बताइन्छ । 


   निकै ठुलो कसरतपछि बल्लतल्ल बनेको बाम गठबन्धन सरकारलाई भत्काउने गरी राष्ट्रपतिमा नाम सिफारिश गर्न नहुने एमालेभित्रको राष्ट्रपति भण्डारी पक्षको लाइन रहेको पनि एमालेका नेताहरु बताउँछन् । तर, अध्यक्ष ओलीले अहिलेसम्म प्रष्ट कुरा नभनेका कारण आशंकाले समस्या खडा गरेको पनि एमालेका नेताहरु बताउँछन् ।

 

उस्तै परे ओली र प्रचण्डको साझा उम्मेदवार हुने गरी माओवादी फ्लेवरको कोही पात्रलाई अगाडि ल्याउन सकिने पनि एमालेभित्र एउटा धार सक्रिय रहेको छ ।

 

एमाले र माओवादी बीच उत्पन्न यो सबै आशंकाको बादल चिर्न प्रधान मन्त्री प्रचण्डले आफ्ना विश्वास पात्र उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई जिम्मा दिएको स्रोत बताउछ ।

 

साझा वाम उम्मेदवार चाहने धार चाहिं वामपन्थी एकतालाई बल पु¥याउनका लागि  नेतृत्वले केही पाउन केही गुमाउन सहमत हुनु पर्ने पक्षमा रहेको बताइन्छ । प्रचण्डले पनि यो गठबन्धन भत्काउन वाह्यशक्तिले निकै खेलिरहेको  आफूनिकटहरुसँग बताउने गरेका छन् ।

 

यो गठबन्धन नभत्किए डेमोक्रेटिक शक्ति झनझन कमजोर हुने आंकलन गर्दै समीकरण तोड्न निकै दबाब बढेकोले के गर्ने भन्ने निक्र्यौल गर्न नसकेको बताइरहेका छन् ।

 

स्रोत भन्छ,  एमालेसँग तीन बुँदे सहमतिपछि बनेको यो गठबन्धन भत्काउन प्रचण्डले मन गरिरहेका छैनन तर कांग्रेसको पक्षबाट आएको दबाब पनि थेग्न सकिरहेका छैनन् । त्यसमाथि कांग्रेसले ‘ढोक्सा’ थापिरहेका कारणले अब के हुन्छ भन्ने पनि समस्या भइरहेको छ ।

 

त्यसमा एमालेभित्र देखिएको दुुईधारमा प्रचण्ड भने राष्ट्रपति भण्डारीको लाइनमा रहेको पनि एमाले र माओवादी नेताहरुवीच चर्चा भइरहेको छ । यो चर्चाका कारण एमाले र माओवादीवीचको पाँच वर्ष सहकार्य गर्ने तीन बुँदे सहमति कसरी कार्यान्वयन हुन्छ र अगाडि बढ्छ भन्ने पनि प्रष्ट हुन नसकेको बताइएको छ । 
 

प्रतिकृया दिनुहोस