• मंगलबार-बैशाख-४-२०८१

सिरियामा ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, ११० भन्दा बढीको मृत्यु

 

बेरुत, २३ माघ । दक्षिणपूर्वी टर्कीको सिमा नजिकै सिरियाली भूभाग केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार ११० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि एक स्थानीय अस्पतालले एएफपीलाई टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।

  
टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गाजियान्टेप नजिकै स्थानीय समयअनुसार सोमबार बिहान ४ ः१७ बजे ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

 

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा समेत महशुस गरिएको थियो ।
---
 

प्रतिकृया दिनुहोस