🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकहजार बेडको होल्डिङ सेन्टर प्रयोगविहीन

दोधारा चाँदनी, २२ माघ (रासस) : कोरोना महामारीका बेला सरकारले निमार्ण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेका छन् । सङ्घीय सरकारले सेनामातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेकोे रू. ३० कराेडकाे एकहजार शय्या (बेड)को होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो ।

   महेन्द्रनगरको सालघारी क्षेत्रमा एक हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सालगायतका संरचना निर्माण भइसकेका छन् । रु २९ करोड २५ लाखमा ठेक्का सम्झौता हनुमान कन्सट्रक्सन होल्डिङ सेन्टर निर्माण गरेको हो ।

निर्माण सम्पन्न गरेर तयारी अवस्थामा रहे पनि करोडौँका संरचना प्रयोगविहीन बनेका हुन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले महेन्द्रनगरलगायत अन्य ठाउँमा निर्माण भएका होल्डिङ सेन्टरको उपायेगबारे रक्षा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

“यहाँलगायत देशभरकै होल्डिङ सेन्टरको प्रयोगबारे रक्षा मन्त्रालयले कार्यदल बनाएर अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो, “कार्यदलले प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने टुङ्गो लाग्छ ।”

कोरोना महामारीका बेला पनि निर्माण कम्पनीले तत्काल तीन सय बेड तयारी अवस्थामा राखेको भए पनि होल्डिङ सेन्टरको व्यवस्थापन कसले गर्ने भन्नेमै अन्योल देखिएका कारण सङ्क्रमितहरू राखिएको थिएन । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सबै निकायले मिलेर उपयुक्त प्रयोजनका लागि होल्डिङ सेन्टरको प्रयोग गर्न सकिने बताउनुभयो ।

“दुई–तीन सय बेड भविष्यमा आउनसक्ने महामारीका लागि आइसोलेसन प्रयोग गर्न मिल्ने गरी राख्दा उपयुक्त हुन्छ ।” उहाँले भन्नुभयो, “अन्य महामारीका बेला राहत, उद्धारका लागि पनि स्कुल प्रयोग गर्नुभन्दा होल्डिङ सेन्टर प्रयोग गर्नु उपयुक्त हुन्छ ।”

उहाँले स्वास्थ्यका हिसाबले क्षयरोगका बिरामीको उपचारका लागि पनि केही भाग प्रयोग गर्न सकिने बताउनुभयो । “होल्डिङ सेन्टर कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको छ”, डा भट्टले भन्नुभयो, “यसलाई सुधारगृह बनाउने कुरा पनि छलफलमा आएको छ ।”

पछिल्लो सयम यहाँ लागुऔषधको प्रयोग भयाभह रहेकाले स्थानीयवासी प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहका रूपमा प्रयोग गर्नुपर्ने बताउँछन् । “यहाँ क्षयरोगका बिरामीले बस्ने व्यवस्था छैन, यसको केही भागलाई क्षयरोगका बिरामीका लागि प्रयोग गर्दा उपयुक्त हुन्छ ।” स्थानीय धिरज जोशीले भन्नुभयो, “प्रहरीले सञ्चालन गर्ने गरी सुधारगृहको आवश्यकता पनि रहेको छ ।”
–––