🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम

भैरहवा । विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि रुपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रुपमा बालविवाह रोकिएको छ ।

रुपन्देहीको मर्चवारी गाँउपालिकाले पनि बालविवाह तथा लैगिक हिंसा अन्त्य गर्न र संस्थागत सुत्केरी दरमा वृद्धि गरी बालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन बालिका बिमा कार्यक्रम लागु गरेको छ । 

विपन्न परिवारहरुको बसोबास रहेकाले शिक्षा दिनसमेत नसक्ने र छोरीलाई चाँडै विवाह गर्ने प्रचलन रहेको छ ।

अभिभावकलाई लोभमा पारेर छोरीप्रतिको नकरात्मक धारणा परिवर्तन गर्ने उद्देश्यले बालिका बिमा कार्यक्रम शुरु गरिएको गाउँपालिकाको दाबी छ । बालिकाहरुको आर्थिक सामाजिक सुरक्षाको लागि छोरी जन्मनेवित्तिकै बिमा गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपलिका अध्यक्ष बालिका बिमा योजना कार्यक्रम लागु भई कार्यान्वयनको चरणमा छ । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि सुरु गरेको अभियानमा हालसम्म ९१ जनाले सहभागिता जनाएका छन । 

ममर्चवारी गाउँपलिका अध्यक्ष गयाप्रसाद बरईले चालु आर्थिक वर्ष २०० देखि २५० जनालाई यस अभियानमा जोड्ने लक्ष्य लिएकाे बताए । यसका लागि ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बरईले बताए ।