🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँकेमा दादुराको सङ्क्रमण कायमै

राँझा, १९ माघ । बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन् ।

हालसम्म नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा नौ र राप्ती सोनारीमा सात जनालाई दादुरा सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १० जनाको उपचार भइरहेको छ । नेपालगञ्जका एक सङ्क्रमित अस्पताल भर्ना भएका छन् । 

यसैगरी राप्ती सोनारीका सात र कोहलपुरका दुई बालबालिका ‘होम आइसोलेशन’ मा रहेका श्रेष्ठले जानकारी दिनुभयो । दिनहुँ सङ्क्रमण फैलिरहँदा बालबालिका निको हुने क्रम पनि चलिरहेको छ ।

अहिलेसम्म  बाँकेमा दुई सय ९८ जना निको भइसकेका छन् । नेपालगञ्जका दुई सय ११, नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका सात जना बालबालिका निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा सङ्क्रमण केही कम भए पनि ग्रामीण क्षेत्रतिर बढिरहेकोले दादुरा सङ्क्रमण रोक्न ठाउँठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । 
–––