🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेस प्रदेश : नीति तथा योजना आयोगका उपाध्यक्ष डा झाको राजीनामा

 

धनुषा, १७ माघ । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्यसहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिनुभएको हो । विसं २०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनुभएको झा आफूले चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो ।

 

यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा हरिवंश झालाई हटाएर डा भोगेन्द्र झालाई ल्याइएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि उहाँले अवकाश लिनुभएको थियो ।

 

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पु¥याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।
–––