• बुधबार-बैशाख-१२-२०८१

रवि लामिछानेलाई कुनै हालतमा मन्त्री नबनाउने प्रधानमन्त्री ‘प्रचण्ड’काे जवाफ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई तत्कालै पुन गृहमन्त्रीमा नियुक्त गर्नका लागि  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई २०७९ माघ १७ गते मङ्गलबारकाे भेटवार्ता दवाव दिएपछि प्रचण्ड तनावमा परेकाे प्रधानमन्त्री निवास बालुवाटार निकट स्राेत बताउछ ।

 

स्राेतका अनुसार,  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले रवि लामिछानेलाई  सर्बाेच्च अदालत, संवैधानिक इजलासकाे फैसलाकाे पूर्णपाठ नआउँदासम्म धैर्य गर्न आग्रह गरेका थिए ।


पासपाेर्ट समेतकाे विवाद रहिरहेकाे र  रवि लामिछानेकाे नागरिकता मुद्दाकाे संवैधानिक इजलासकाे फैसलाकाे पूर्णपाठ पनि नआएकाे अवस्थामा रविलाई  चाहिं तत्कालै गृह मन्त्री नबनाउने जवाफ दिएकाे स्राेत बताउछ । 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लाममिछाने बाहेक अन्य सांसदलाई उपप्रधान मन्त्री बाहेक गृह मन्त्री बनाउन सक्ने जवाफ पनि प्रचण्डले रविसँगकाे भेटवार्तामा बताएकाे स्राेत बताउछ ।

 

स्राेतका अनुसार,  राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएकाे अवस्थामा बरू सामना गर्ने तर, संवैधानिक इजलासकाे फैसलाकाे पूर्णपाठ प्राप्त नभएसम्म र विवाद टुंगाे नलागेसम्म रविलाई  कुनै हालतमा उपप्रधान तथा गृह मन्त्री नबनाउने अडानमा प्रधानमन्त्री प्रचण्ड रहेकाे प्रधानमन्त्री निवास बालुवाटार  स्राेत बताउछ ।
 तस्बिरः प्रदीपराज वन्त/रासस

प्रतिकृया दिनुहोस