• बिहीबार-बैशाख-१३-२०८१

के रहस्यले सोह्र वर्षपछि खोलो फर्कियो ?

 

मैले २०७९ कार्तिक, मंसिर, पुस तीन महिना फेसबुकबाहेक अन्त कतै केही लेखिन । चुनावको प्रचारमा कार्तिकमा विराटनगर गएँ । नयाँ सरकार बन्यो । १६ वर्षको अन्तरालपछि फेरि सरकारीरुपले नेपालको एकीकरण गर्नुहुने पृथ्वीनारायण शाहको जन्मदिन मनाउन थालियो । किन १६ वर्ष पहिले इतिहासको एक कालखण्डमा २०५२ देखि २०६२ सम्म नेपाल साहै्र भय, त्रास आतंकको कालो समय रह्यो ? किन माओवादीलाई भारत सरकारले यसका नेताहरु प्रचण्डलगायत अन्य नेता कार्यकर्ताहरुलाई आश्रय, प्रश्रय र सुरक्षा प्रदान ग¥यो ? 


  यो मेरो मनमा उब्जिरहने सानो प्रश्न तर ठूलो जिज्ञासा हो ? यसको कारणको खोजी, अनुसन्धान र गहन विश्लेषण कसैबाट पनि भएको छैन । अब आएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष र झापाका जनताको एक भौगोलिक भागका जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको प्रधानमन्त्री प्रचण्डलाई समर्थन दिने पूर्ववार्तामध्ये एक थियो कि सरकारले पृथ्वी जयन्ती मनाउनुपर्छ । राष्ट्रपतिद्वारा प्रधानमन्त्री मनोनित हुनु भएपछि विश्वासको मत सुरक्षित गर्न प्रचण्डले त्यो सजिलै स्वीकार गर्नुभयो । 


 खुसी लाग्यो हामीलाई कि जे होस, जसरी होस फेरि नेपाल एकीकरण गर्ने बडामहाराज पृथ्वीनारायण शाहको जन्मदिन सरकारी रुपले पनि मनाउन थालियो । हाम्रो छिमेकको भारत, बंगलादेश, पाकिस्तान इत्यादिसँग कुनै राष्ट्रनिर्माता छैनन् । आज जुन भारत छ, हाम्रो दक्षिण माटो जोडिएको छिमेकी त्यसको एकीकरण कुनै भारतीयले नभएर ब्रिटिश इष्ट इन्डिया कम्पनीले गरेको हो भन्ने सत्यतथ्य हामीहरुलाई स्वयं भारतको इतिहास पढ्दा सजिलै स्पष्ट हुन्छ । 


कुनै बेला भारतको सबैभन्दा धनी, उब्जाउ बंगाल एउटा स्वतन्त्र देश थियो । त्यस बंगाल देशको नवाब (स्वतन्त्र सम्राट) थिए सिराज उद द्दौला ९क्ष्चबव गम म्बगबिज० । ब्रिटिश इस्ट इन्डिया कम्पनीले सबैभन्दा पहिले कलकत्ताको फोर्ट विलियममा रहेर व्यापार गर्न थालिसकेको थियो । 


 बडो षड्यन्त्र र धूर्ततापूर्वक इस्ट इन्डिया कम्पनीका बोर्ड अफ डाइरेक्टर्सले २३ वर्षका नवाब सिराज उद द्दौलाका प्रधानसेनापति मिरजाफरलाई भने कि तिमीले सिराज उद द्दौला ९क्ष्चबव गम म्बगबिज०लाई हटाउन सके हामी तिमीलाई नै बंगालको राजा बन्न सहायता र समर्थन दिनेछौं । प्रधानसेनापति मिरजाफरका छोरा मिरकासिमले बाजेपछि स्वतन्त्र विशाल बंगालको स्वतन्त्र राष्ट्रका २३ वर्षका युवा सम्राटको हत्या गरे । यसप्रकार ब्रिटिस इस्ट इन्डिया कम्पनीले पहिले विशाल बंगाल राज्य नियन्त्रणमा लियो । 


   सन् १७५७ मा बंगालमा त्यससमय बिहारका कयौं भूभाग पनि पर्दथे । आजको बंगलादेश, भारतीय पश्चिम बंगाल, बिहारलगायत सम्राट सिराज उद द्दौलाको स्वतन्त्र साम्राज्य थियो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले त्यत्रो विशाल बंगाल षडयन्त्र, गद्दारी, हत्या र लडाइँहरुको बलमा प्राप्त गरेको थियो । 


  त्यसको केवल दश वर्षपछि सन् १७६७ (विक्रम सम्वत १८२४, कात्तिक २४) मा क्याप्टेन किनलकको नेतृत्वमा ब्रिटिश सेना पूर्णियाबाट नेपालको जनकपुर हुँदै आधुनिक बन्दुकहरुको साथ काठमाडौं कब्जा गर्ने बाटोमा सिन्धुलीगढी पुग्यो । तर, पृथ्वीनारायण शाहको सेनाका सरदार वंशु गुरुङ र खजाञ्ची वीरभद्र उपाध्यायको कमाण्डमा रहेका गोर्खाली सेनाले नेपाल राष्ट्र बचाउन जे जे सम्भव छन्, सबै हतियार र साधन ब्रिटिश सेनाविरुद्ध प्रयोग ग¥यो । भनिन्छ–पृथ्वी नारायण शाहका सिन्धुली गढीका सैनिकहरुले ढुंगामुडा, घुँएत्रो, भरुवा बन्दुक, तीरधनुष मात्र होइन, अरिंगाल र सिस्नोका झ्याङहरुसमेत प्रयोग गरेका थिए भनेर विकिपेडियामा सिन्धुलीगढीको युद्धको वर्णन गर्दछन् । म गम्भीर भएर सोच्दछु आज, कसरी शत्रु पराजित गर्नका लागि अरिंगालजस्तो किरा र सिस्नोजस्तो वनस्पति समेत त्यससमय हतियारको रुपमा प्रयोग गरेछन् ? 


  देश बचाउनका लागि आक्रमणकारी एवं शक्तिशाली ब्रिटिश सेनाविरुद्ध जसरी भएको होस्, जे जे भएको होस्, कलकत्ता, ढाकासहित स्वतन्त्र बंगालको विशाल भौगोलिक साम्राज्य जित्ने ब्रिटिश इस्ट इन्डिया कम्पनीले काठमाडौं उपत्यका कब्जा गर्न आउनु अघिनै सिन्धुलीबाटै भागाभाग गरेर फर्किनुपरेको इतिहास जीवित छ । किराँत, लिच्छिवी, मल्ल, शाहकाल र आज गणतन्त्रपछि पनि हजारौं वर्षदेखि स्वतन्त्र नेपाल हाम्रो देश कुनै बेला कुमाउ, गढवाल, नैनीताल, सतलजदेखि पूर्वमा टिस्टासम्म रहेपनि सुगौली सन्धिले मेचीदेखि महाकालीसम्म संकुचित पा¥यो । संसारकै सर्वाेच्च विन्दु समुद्र सतहबाट ८८४८ मिटर अग्लो सगरमाथा र समुद्र सतहभन्दा केवल ५९ मिटरको उचाईमा रहेको केचनाकवल(झापा)सहितको स्वतन्त्र देश नेपाल, पृथ्वीनारायण शाह र उनका बहादुर सेनाको देन हो । 


  आजको भारत सिराज उद द्दौलाको हत्या (सन् १७५७) भएको एकसय वर्ष पछि  सन् १८५७ मा दिल्लीका बादशाह बहादुर शाह जफरलाई ब्रिटिश फौजका कमाण्डर मेजर विलियम हड्सनले भाडाका भारतीय सैनिकहरु समेत प्रयोग गरी पक्राउ गरेर उनका केही छोरा र नातिसमेतलाई सार्वजनिक रुपले जनतासामु गोली हानी हत्या गरी अन्तिम मुगल बादशाहको राज्य पनि कब्जा गरेका थिए । 


ब्रिटिश साम्राज्यद्वारा यसरी एकसय वर्षलगाएर एक पछि अर्काे राज्यहरु गाभ्दै बनेको विशाल भारत सन् १८५७ पछिको ९० वर्ष पछि सन् १९४७ मा फेरि हिन्दुस्तान, पाकिस्तान र सन् १९७१ मा बंगलादेश गरी तीनवटा जनसंख्याले नेपालभन्दा ठूला अलग अलग देशहरु बने । नेपालको आजसम्मको अटुट स्वतन्त्र देशको इतिहास सुरक्षित रहेको छ ।  


विदेशीहरुको रिमोट कन्ट्रोलित फितलो र अस्थिर मनमष्तिष्क भएका नेताहरुले १६ वर्ष सरकार चलाउँदा नमनाएको पृथ्वी जयन्ती फेरि यो वर्ष मनाउन थाल्नु हामी नेपालीहरु सार्वभौमिकता र स्वतन्त्रताको मानसिकताको अनुकूल छ ।
 

प्रतिकृया दिनुहोस