🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

चरिकोट, २८ जेठ : दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । 

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस