• शुक्रबार-बैशाख-१४-२०८१

बखत स्मृति कप प्रभात मावि राेवाले उचाल्याे

 

मुगु ९ माघ । बखत स्मृति कप प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे छ । हरेक वर्ष सञ्चालन हुँदै आएकाे  बखतबहादुर शाही फाउन्डेसनद्वारा आयाेजित माध्यामिक विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यामिक विद्यालय रोवाले हात पारेकाे हाे । 

 

२१औं बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएकाे प्रतियोगिताकाे उपाधि भिडन्तमा महाकाली नमुना माविलाई २-० गाेल अन्तरले  परािजत प्रभात मावि रोवा विजेता बनेकाे हाे । 

 

गत वर्षहरूमा बखत स्मृतिको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिता सञ्चालन भएका थिए भने यस वर्ष भने फुटबल र देउडा प्रतियोगिताको सञ्चालन गरिएको स्व, बखत बहादुर फाउन्डेसन मुगुले जनाएकाे छ । 

 

विजेता प्रभात मावि रोवाले शिल्ड ट्रफी, गोल्ड मेडलसहित २५ हजार नगद जितेको छ । उपविजेता महाकाली माविका विद्यार्थीले शिल्ड ट्रफी, सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाएको बखतबहादुर शाही फाउण्डेसन सचिव दीपक रावलले जानकारी दिए ।

 

उनका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी प्रभात मावि राेवाका धर्म सेजुवाललाई प्रदान गरिएकाे बताए । उत्त प्रतियोगितामा ११ विद्यालयका १६ टिमले सहभागीता जनाएका  थिए ।

 

खड्क सुनार/न्यूज कारखाना 
 

प्रतिकृया दिनुहोस