🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवालाई नौ भाइ बामपन्थीका पन्ध्र सुझाव

''नेपाल र भारत प्राचीनकालदेखि निकट मैत्री सम्बन्ध भएका मुलुकहरू हुन् । नेपालले आफ्ना सबै मित्र राष्ट्रहरू र विशेषतः छिमेकी देशहरूसित पञ्चशीलको आधारमा सम्बन्ध सञ्चालन गर्ने अभ्यास गर्दै आएको छ । यद्यपि विगतमा यस सन्दर्भमा उतार–चढाव र कटु व्यवहार पनि नदेखिएका होइनन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री श्री शेरबहादुर देउवा २०७४ भाद्र ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । यस भ्रमणकालमा नेपालको पञ्चशीलको नीतिमा आधारित तटस्थ परराष्ट्र नीति कार्यान्वयन गर्न, राष्ट्रिय हित संरक्षण गर्ने सवालमा कुनै विवादित र अनुचित कार्य नगर्न र विगतमा भएका गल्ति कमजोरीहरूलाई सच्याउन गम्भीर ध्यान आकर्षण गराउन हामी तपसिलमा उल्लेखित दलहरूले यो संयुक्त वक्तव्य जारी गरेका छौँ ।''
१.सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरू खारेज गर्ने ।
२.माथिल्लो कर्णाली र अरूण तेस्रो सम्झौता खारेज गर्ने ।
३.महाकाली सन्धि खारेज गर्ने ।
४.विराटनगर स्थित भारतीय सुरक्षा क्याम्प हटाउने ।
५.नेपालको भूमिमा भारतीय एयर मार्सल राख्ने भारतीय पक्षको प्रस्ताव अस्वीकार गर्ने ।
६.नेपालको राष्ट्रिय हित र स्वाभिमान विपरीतको भारतीय पक्षद्वारा प्रस्तावित सुपुर्दगी सन्धि अस्वीकार गर्ने ।
७.नेपाल भारतको सिमानामा अन्तर्राष्ट्रिय कानून विपरीत भारतले एकतर्फी रूपमा निर्माण गरेका सडक, बाँध आदि संरचनाका कारणले नेपालमा ठूलो भूभाग डुबानमा परेको छ । त्यसबाट बचाउनका लागि नदी, खोलाका प्राकृतिक बहावलाई खुला गराउन सीमा नजिकका उक्त संरचनाहरू हटाउने ।
८.कोशी बाँध, गण्डक बाँध र महाकाली व्यारेजले गर्दा वर्षेनी नेपाल र त्यहाँका वासिन्दाहरूले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसको क्षतिपूर्ति माग गर्ने ।
९.विगतमा भएका सन्धि सम्झौता अनुसार नेपालले प्राप्त गर्ने भूमि प्राप्त गर्न पहल गर्ने । नेपालको विभिन्न सीमा क्षेत्रमा अतिक्रमण गरिएका भूमि फिर्ता गर्ने । नेपाल भारतको सीमालाई व्यवस्थापन गर्ने ।
१०.नेपाल भारत बीच भएको व्यापारसम्बन्धी सहमति र पारवहनको अधिकार निर्वाध रूपमा कार्यान्वयन गर्ने ।
११.सीमा क्षेत्रका जनतालाई भारतीय सुरक्षाकर्मीद्वारा भएको ज्यादती रोक्ने र पीडितलाई क्षतिपूर्ति दिने ।
१२.तात्कालिक प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेलामा गरेको २५ बुँदे सहमतिमा रहेको नेपालको विदेश नीतिलाई भारतीय विदेश नीति अनुरूप बनाउने प्रावधानहरू हटाउने ।
१३.नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलाई सूचना मात्र दिएर साना विकास परियोजना सञ्चालन गर्न पाउने विगतको सम्झौताको अवधि समाप्त भएकाले त्यसलाई नवीकरण नगर्ने ।
१४.नेपालमा उत्पादित वस्तुहरू, यातायात र पारवहनका साधनहरूलाई भारत प्रवेशमा नेपालले प्राथमिकता पाउने व्यवस्था मिलाउने ।
१५.राष्ट्रिय हित विपरीत जानेगरी कुनै पनि विवादास्पद
गोप्य सहमति तथा सम्झौता नगर्ने ।

मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी (मसाल)
मोहन बैद्य किरण, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)
सी.पी. मैनाली, नेपाल कम्युनिष्ट पार्टी (माले)
चित्रबहादुर के.सी., राष्ट्रिय जनमोर्चा
ऋषिराम कट्टेल, नेपाल कम्युनिष्ट पार्टी
गुणराज लोहनी, नेपाल कम्युनिष्ट पार्टी
सी.पी. गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
साध्यबहादुर भण्डारी, जनमोर्चा, नेपाल
सुवासराज काफ्ले, जनसमाजवादी पार्टी, नेपाल