🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेयर बजार आन्दोलनकारीको भयो जीत !  आन्दोलन फिर्ता  !!

काठमाडौं, जेठ २३ गते।  शेयर बजार आन्दोलनकारी र सरकारबीच  सहमति भएको छ।  आन्तरिक राजश्व विभागले शेयर खरिद विक्रीमा लागू गरिने भनि गरेको  लाभकर बृध्दि  यथास्थितिमा राख्न सरकार सहमत भएको छ।  आन्तरिक राजश्व विभागबाट २०७५ जेठ १८ गते जारी भएको पूँजीगत लाभकर  विधिसहितको पत्र स्थगन गर्न आन्तरिक राजश्व विभाग सहमत भएपछि शेयर बजार दलालहरुको सम्पूर्ण आन्दोलन फिर्ता भएको छ।  

शेयर बजारसँग सम्बध्द तीनवटा संस्थाले २०७५ जेठ २३ गते जारी गरेको संयुक्त प्रेस बक्तव्यमा भनिएको छ, '' राजस्व सचिव एवं वित्तीय व्यवस्थापन महाशाखा प्रमुखलगायत लगानीकर्ताहरुको संयुक्त संघर्ष समितिका पदाधिकारीबीच जेठ २३ गते लगानीको वातावरण सिर्जना गर्ने र लाभकर गणना विषयमा छलफल भएको छ । छलफलमा आन्तरिक राजस्व विभागको २०७५ जेठ १८ जारी भएको पूँजीगत लाभकर गणना विधिसहितको पत्र तत्काल स्थगन गर्ने एवं त्यस मिति पश्चात भएको कारोबारको पूँजीगत लाभकर गणना तथा आगामी दिनमा हुने कारोबारमा साविककै व्यवस्था अनुसार पूँजीगत  लाभकरको गणना गर्ने सहमति भएको छ । आन्तरिक राजस्व विभागको निर्णयले चिन्तित भएका सम्पूर्ण लगानीकर्ताहरु एवं धितोपत्र दलाल व्यवसायीहरु समक्ष पुनः शेयर कारोबार सुचारु गर्न आह्वान गर्दछौं  ।''

छलफलमा सहभागी भएका नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता सघं नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण लगानीकर्ता, धितो पत्र दलाल व्यबसायीहरुलाई कारोबार सुरु गर्न  आह्वान गरेका छन् ।