🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

डोल्पामा अब सीधा यातायात सेवा

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हाे । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ । 

सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जदेखि सीधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए ।

आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको  जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगञ्ज लगायतका जुनसुकै जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए ।

‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजिकरण गरेन भने सीधा मलाई फोन गर्नु,' प्रजिअले भने । दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएकाे तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका १२ का सचिव रामप्रसाद शर्माले जानकारी दिए ।

आजबाट दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै पास भइरहेको उनले जानकारी दिए । नेपालगञ्जदेखि सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ ।