काठमाडौं । नबिल बैंक लिमिटेडले १२ प्रतिशत ब्याजदरमा विभिन्न बीमा कम्पनीहरूबाट निक्षेप संकलन गरेको तर, ९ प्रतिशतमा नै आफ्ना मान्छे र समूहलाई सुलभ कर्जा प्रवाह गरेको बुझिएको छ । इतिहासमा अहिलेसम्म सेयर कर्जा प्रवाह नगरेको नबिल बैंकले हालै त्यो काम पनि शुरु गरेको खबर छ । प्रमुख कार्यकारी अधिकृत शशीन जोशीले आफू पहिले कार्यरत एनआईसी एसिया बैंकका सुनिल पोखरेललाई नबिलको सहायक महाप्रवन्धकमा नियुक्त गरेपछि पोखरेलमार्फत् सेयर कर्जा प्रवाह गर्न थालिएको बैंक स्रोत बताउछ । यसअघि बैंकले सबैभन्दा धेरै सेयर कर्जा जनता बैंकका पूर्व अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई १२ करोड ५० लाख दिएको थियो । तर, बाह्य लेखापरीक्षकले पटक पटक ताकेता गरेर चुक्ता गरिएको उक्त सेयर कर्जा पछि पनि बैंकले हालै निजको श्रीमती र छोराको नाममा पुनः ४ करोड रुपैयाँको सेयर कर्जा जारी गरेको बुझिएको छ ।
यसैबीच बैंकले श्यामकुमार लोहियालाई ९३ लाख रुपैयाँको कर्जा गलत तरिकाले प्रवाह गरेको पाएपछि नेपाल राष्ट्र बैंकले सीईओ जोशीलाई स्पष्टीकरण सोधेर सचेत गराएको खबर छ । बैंक स्रोतका अनुसार, सीईओ जोशी र पोखरेलको समूह पछिल्लो दिनमा कमिशनको खेलमा सेयर कर्जाको निम्ति उद्दत रहेको समेत आरोप छ । यसरी बैंकमा ब्यवस्थापन, कर्जाको बेथिती बढ्दै गएपछि बैंकका केही कर्मचारीले चर्को स्वरमा आवाज उठाएपनि बैंक संचालक समितिबाट त्यसको सुनुवाई हुन नसकेको स्रोतको दाबी छ । यसैबीच बैंकमा बढ्दै गएको बेथिती सच्चाउनेभन्दा पनि त्यस्तो प्रवृत्तिबारे प्रश्न उठाउने कर्मचारीलाई नै बैंकका उच्च अधिकृतहरूले काठमाडौं बाहिर जिल्लामा सरुवा गरेर आफ्नो गलत काम ढाकछोप गर्ने नीति अख्तियार गरेको स्रोतले बताएको छ । श्रम ऐन विपरीत उपत्यका बाहिर सरुवा गरिएका कर्मचारीले सरुवा बदर गर्न उच्च अदालत पाटनमा २०७४ साउनमा मुद्दा दायर गरेको पनि थाहा भएको छ । सोही मुद्दाका कारण यतिखेर बैंकका सीईओ जोशी र मानव संशाधन प्रमुख रोशन कोइराला नियमित रुपमा तारिख धाउनमै व्यस्त रहेको खबर छ । कर्मचारीहरूमा व्यापक असन्तुष्टी बढेपछि सीईओ जोशीले अन्य उच्च अधिकृतलाई कारण देखाउँदै आफू चोखिने बाटो खोजिरहेको पनि नबिल बैंक स्रोतले बताएको छ । लामो समयदेखि रोशन कोइराला मानव संशाधन विभागमा कार्यरत रहेको कारण कर्मचारीहरूमा असन्तुष्टी बढेकोले कर्मचारीहरूलाई चित्त बुझाउन पनि कोइरालालाई मानव संशाधन प्रमुखबाट अन्यत्र लैजाने मुडमा जोशी रहेको चर्चँ पनि बैंकभित्र चल्ने गरेको छ । मानव संशाधन विभाग प्रमुख कोइरालालाई अन्य विभागमा सरुवा गर्ने विषयमा एकजना सञ्चालकले असन्तुष्टी जनाएपछि सीइओ जोशी केही समयका लागि पछि हटेको खबर छ । बैंकि¨ क्षेत्रमा राम्रै बैंकरको छबि बनाएका शशिनका केही क्रियाकलाप यसअघि लक्ष्मी बैंकका सीईओ सुमन जोशीसंग मिलेपछि यतिखेर बैंकरहरूले नै जोशी थरका सीईओलाई अन्तमा सुरा र सुन्दरीले नछोड्ने निचोड निकाल्न बाध्य भएको चर्चा पनि बंैकरहरूबीच चल्ने गरेको छ ।




