काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भन्सार कार्यालय स्थापना हुने भएको छ । अर्थ स्रँेतका अनुसार, अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जा“चपास भन्सार कार्यालय र सामान जा“चपासको छुट्टाछुट्टै भन्सार कार्यालय रहनेछन् । अहिलेको भन्सार कार्यालयले सामान जा“चपास गर्नेछ । अन्तर्राष्ट्रिय विमानस्थलसंगै यात्रु जा“चपास कार्यालय स्थापना हुने भएको छ । विमानस्थल भन्सार कार्यालयबाट सामान जा“चपासमा हुने ढिलाइबारे ब्यापक गुनासो आउने गरेको छ । यात्रु जा“चपास भन्सार कार्यालय समेत खुलेपछि अब यात्रुहरूले अनावश्यक झन्झटबाट मुक्ति पाउन सक्नेछन् । त्रिभुवन विमानस्थल भन्सारबाट अवैध रुपमा सुन र कम्प्युटर पार्टसहरू भित्रिने गरेको र भन्सार कार्यालय हातामा दलालहरूको बढी घुसपैठले सामान हराउने जस्ता समस्या पनि बेलाबखतमा हु“दैआएको परिप्रेक्ष्यमा विमानस्थलमा यात्रु जा“चपास भन्सार कार्यालय खुलेपछि यसमा कमी आउने अनुमान अर्थ मन्त्रालयको रहेको छ ।
विमानस्थल भन्सारलाई अधिकृतमुखी बनाउन लागिएको खबर छ । विमानस्थलका दुवै भन्सार कार्यालयका प्रमुख सहसचिव हुनेछन् । यात्रु जा“चपास भन्सार कार्यालयमा ३ जना प्रमुख भन्सार अधिकृत (उपसचिव) र ३० जना भन्सार अधिकृत रहनेछन् । हालको भन्सार कार्यालय सामान (जाचपास) मा ३ प्रमुख भन्सार अधिकृत र १२ भन्सार अधिकृतको दरबन्दी राखिएको छ ।




