🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उकालाे लाग्दै सेयर बजार, ५७ अंक वृद्धि

काठमाडौं । सोमबार बिहानैदेखि उकालाे लागेकाे नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३.०५ प्रतिशतले बजार बढेको हो । साथैै, २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।

नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धाैलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । 

आज १३ वटा उपसुचकहरूमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ । बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ । बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।