नेपाली समाजमा ‘ज्याद्रो’ शब्द त्यसै बनेको होइन ।
यो नेपाली स्वभावलाई लिएर मात्र प्रयोग हुने पनि होइन ।
सिङ्गो जीवन पद्धतिको दर्पण छायाँ हो ।
नेपालको भौगोलिक विषमता, जातीय बसोबासको ढाँचा
र, सामाजिक मनोविज्ञानको मिसमास र झोलझाल संरचना हो ।
यो देश ।
एउटा मात्रै दुःखले आर्जेको न त जीवन नै हो, न त जोवन नै ।
भिन्नभिन्न विषमता र भिन्नभिन्न प्रकोपबाट निख्रिएको
कठिनतम परिस्थिति र कठोर जीवनशैलीमा
प्राकृतिक र जैविक विपत्ति बेहोर्ने दैनिकी हो नेपालीको ।
र, ‘ज्याद्रो’ त्यहीँ जन्मिएको हो, जन्मिदोे पनि हो ।
यो बुझि भ्याउँदैनन्, जो ।
तिनले एक प्याकेट चाउचाउ र एकभारि दाउरा बोकेको सेल्फी खिच्छन् ।
र, बाढीमा उत्रिएकाहरूको उद्धार गरेको फेसबुक वाल भर्छन् ।
न त भूकम्पले, न नाकाबन्दील,े न वर्षा प्रकोप वा बाढीले नै
नेपाली र तिनको बसोबासलाई निमिट्यान्न पार्छ, न पार्न सक्छ ।
ती जहिल्यै बौरिन्छन् जीवनमा, बौरिएका छन् जीवन्ततामा ।
जंगली पूmल झै फेरि फुल्छन् र फेरि पनि हाँस्छन् ।
प्रसन्नता देखाउन श्राद्ध कुर्नै पर्दैन, नेपालीलाई
त्यो त्यसै कष्टहरू मै बन्छ, अप्ठ्यारोहरू मै बग्छ र दुःखहरू मै निस्किन्छ ।
बाढी पीडितहरूले वर्षा, बाढी र बहावहरूका विरुद्ध
जसरी गम्किएर आजको दिनसम्म जुधेका छन
त्यो नै तिनको ‘ज्याद्रो’ प्रतिबिम्ब हो ।
तिनलाई लिएर कुनै पनि मठ, कुनै सम्प्रदाय वा दल विशेषले
जुंगामा ताऊ लाउनु नै पर्दैन ।
पीडामा कसरी हाँस्ने एकसरो नेपाली सप्पैले जानेका छन ।
यो पटकको बाढी, छोरीलाई दाइजोमा दिने गुन्यू–चोलो बगाएकोले दुख्या होइन ।
निरीह जनावरको दाम्लोसम्म फुकाल्न नपाएकोले दुख्या हो ।
आफ्नो सन्तानभन्दा पनि निरीह प्राणीप्रति तिनले देखाएको विनयशिलताले
नेपालीलाई बुद्ध बनाएको हो, रिजिल्याँन्ट बनाएको हो ।
सिद्धार्थ जीवनका कठिनतम् सबालको उत्तरको खोजिमा बोधि भएका नै होइनन् ।
जीवनको सबभन्दा सरल प्रश्नमा उनी ज्ञानी भएका हुन ।
नेपालीहरू जाबो बाढी र पहिरोमा महान भाका होइनन्
ती प्रकोपहरूमा मख्ख परेर हाँस्न जानेर बहादुर कहलिएका हुन ।
नेपालीको बहादुर पदावलि लडाईभन्दा पनि प्रकोपसितको भिडन्तबाट जन्मिएको हो ।
आजको बाढी पहिरोको नेपाली दुःखबाट
फेसबुक बुद्ध हुन्छ भने कोई
तिनको कुर्सीफाईलाई अन्यथा मान्नु हुन्न ।
बुद्धको बोधिसत्व न त पूर्णिमाको जूनले बनाएको हो
न त पिपलको जून छहारीले नै ।
यो कठोर जीवनशैली नै थियो जसबाट उनी बिउँझिए ।
र, त्यो रिजिलियन्स यै माटोबाट बौरिएको हो ।
बाढीमा हुर्किंदो आजको पुस्ता त्यै रिजिलियन्समा हुर्किदों छ ।
साँखुल्ले भएर कसैले सेल्फी पनि न हानुन्
न त स्टा्टस नै लेखुन ।
रैथाने संस्कृति हो, नेपाली रिजिलियन्स
कहर सहने क्षमता ।
र, आज त्यसकै झण्डोत्तोलनमा सलामी दिइनु पर्दछ ।



