🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी प्रदेशको स्थायी राजधानी आजदेखि कार्यान्वयनमा

बुटवल, २८ मंसिर । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङकाे देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएकाे हो । राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज सञ्चालनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

दाङको देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो झण्डोत्तलन गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तलन गरेसँगै मुख्यमन्त्री कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने छ । 

दुई वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । 

देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालय लगायतका संरचना बनाइएका छन् ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई अहिले सिँगारिएको छ ।

यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मुल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण गरिएका छन् । यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा प्रदेश राजधानीको संरचना बनाइएको छ । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालय यही परिसरमा रहने छन् । 

यस्तै प्रदेशसभा भवन पनि यहीँ स्थापना भएको छ । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भइसकेको छ ।

प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी भएको छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिगाह जग्गामा साना–ठूला गरेर ४० वटा भवन छन् । ती भवनलाई मर्मत गरी राजधानीको संरचना तयार पारिएको हो ।

न्यूज कारखाना