🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एमाले र कांग्रेस छाडेर निर्वाचन जितेका तीनजना स्वतन्त्र सांसदकाे नयाँ दल बन्ने

काठमाडौं । एमालेमा सचिवको दावेदार बनेर असन्तुष्ट बनेका प्रभु साहले मधेश प्रदेशको इञ्चार्ज पनि मागेका थिए । त्यो पनि नपाएपछि रुष्ट बनेर पार्टी नै छोडेका साह अहिले नयाँ अभियानमा लागेका छन् ।

२३ असोजमा उम्मेदवारी दर्ता गर्ने दिन एमाले छोडेर गम्भीर धोका दिएका साहले एमालेलाई धेरै घाटा भने पुर्याउन सकेनन् । सम्पूर्ण शक्ति  एमालेविरूद्ध खडा हुँदा पनि मधेशमा एमाले नै पहिलो पार्टी बन्न सफल भयाे।

   त्यतिबेला एमालेलाई मधेश प्रदेशमा सिध्याउन अदृश्य शक्तिकाे गुप्त याेजना बाेकेर अघि सरेका प्रभु साहले केही मधेशी नेताहरुका साथै एमालेका पहाडी नेताहरुलाई भड्काएका थिए ।

सर्लाहीबाट केन्द्रीय सदस्य भएका वद्री न्यौपाने, पूर्वमेयर मानबहादुर खड्कालगायतका नेताहरुलाई भड्एका थिए । उनीहरु पनि चुनावकै बेलामा एमाले छोडेका थिए ।

मधेश आन्दोलनको विरुद्धमा उभिएर नेता भएका वद्री न्यौपाने चुरेभावर पार्टीको रुपमा मधेशका पहाडी समुदायको नेतृत्व गरेर पार्टी बनाएका थिए । अनि सांसद पनि भएका थिए ।

एक पटक मन्त्री समेत भएका तिनै न्यौपाने जीहजुरी गर्दै एमालेमा पुगेका थिए । तर, एमाले छोडेर मधेशी नेता साहसँग नयाँ पार्टी बनाउने अभियानमा सक्रिय भएका छन् ।

   साहसँग मिलेर न्यौपाने, खड्कासहितका नेताहरुले नयाँ पार्टी बनाउने अभियान चलाएपछि सर्लाही, रौतहटमा भने रोचक परिदृश्य देखिएको छ । कांग्रेसले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित हुन साथ दिल्ली दरवार पुगेर फर्केका अमरेश कुमार सिंहसमेत प्रभु साहकाे पार्टीमा जोडिने हल्ला चलेपछि उनीहरुको विषय चर्चामा रहेको छ ।

  निर्देशन अनुसार यो समूह जुट्न पुग्याे भने उनीसँग तीन जना सांसद हुनेछन् । प्रभु साह, अमरेश सिंह र  किरण साहले स्वतन्त्रबाट जितेका हुन् । यी तीन जना मिलेर पार्टी बनाउँदा स्वतन्त्रबाट साहकै प्रयासमा प्रदेशमा पनि केही सांसद जितेका छन् । उनीहरुको पनि साथ रहने देखिएको छ ।

     वाह्य शक्तिकाे निर्देशन अनुसार, दलबदलु गर्दै आएका प्रभु साह अब नयाँ शक्ति निर्माण गरेर  अबको सरकारमा मन्त्रीका साथै माओवादीमा फर्किनका लागि पदाधिकारी दाबी गर्ने हैसियत बनाएको पनि टिप्पणी हुन थालेको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको एकसातापछि नयाँ पार्टीलाई तीव्ररूपमा गति दिने तयारी गरेका छन् ।

    एकसाता अघि साहले विहानै प्रचण्डलाई निवासमा भेटेका थिए । त्यही दिन कृष्ण सिटौला पनि प्रचण्डलाई भेट्न पुगेका थिए । दिललीसँगकाे सम्बन्ध सुधार गर्न  दिल्ली पुगेका अमरेश कुमार सिंह दिल्लीबाट फर्किएपछि नयाँ पार्टी बनाउने विषयमा प्रभु साहसँग घनिभूत छलफल पनि हुन थालेको स्राेत बताउ । उनीहरुले पार्टीकाे नाम पनि आम जनता पार्टी नाम फाइनल गरेका छन् ।