• शुक्रबार-बैशाख-७-२०८१

हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार

 

राँझा, २३ मङ्सिर । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा युवतीलाई ललाइफकाइ भारत पु¥याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । 

 

युवतीको अभिभावकले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनःस्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँदिल्लीमा युवा–युवतीलाई फेला पारिएको थियो । भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन समय लागेको थियो ।

 

उद्धार गरिएकी युवतीलाई परिवारको जिम्मा लगाउने तयारी भएको शान्ति पुनःस्थापना गृह बाँकेका संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।
–––
रासस

प्रतिकृया दिनुहोस