• शुक्रबार-बैशाख-७-२०८१

प्रदेश सभाकाे प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीलाई समानुपातिकमा नाै सिट

 

काठमाडौं  । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९,५२,९४९ मतमध्ये जनमतले ३,२९,१७७ मत पाएको छ । 

 

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ ।  गण्डकी प्रदेश सभामा कुल ९,४२,७९८ मतमध्ये ८१,६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो ।

 

याे पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ । 
 

प्रतिकृया दिनुहोस