• शनिबार-बैशाख-८-२०८१

मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते

 

काठमाडौं  ।  चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । नारायणगढ- मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

 

घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिकृया दिनुहोस