• शुक्रबार-बैशाख-१४-२०८१

 नेपालमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयकाे भवन बन्ने, प्रधान सेनापतिद्वारा शिलान्यास

काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट २०७९ मंसिर २३ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.१३ र १४ स्थित पेरुङ्गे डाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास सम्पन्न गरिएको छ ।  

  राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरि राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण; निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षा सम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्य रेहकाे सेनाले बताएकाे छ ।


 साथै, विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्नुका साथै रणनीतिक संस्कार (Strategic Culture) को विकास एंव उच्च स्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्य अनुरुप नेपाल सरकार मन्त्रिपरिषदबाट २०७६ फाल्गुन १२ गतेको निर्णय अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना गरिएको थियाे ।

 

  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको लागि आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट २.६ किलोमिटर ग्राभेल सडक, १३८० मिटर पेरिमिटर पर्खाल, १ लाख लिटर क्षमताको पानी ट्याङ्की, डिप बोरिङ्ग, जग्गा विकास र ३ फेज विद्युत लाइन विस्तारको कार्यहरु सम्पन्न भईसकेको जानकारी पनि सेनाले दिएकाे छ ।

 

  नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय संचालनमा ल्याईने छ” भनी समावेश भएपश्चात बिनियोजित बजेटबाट उक्त विश्वविद्यालयको विद्यार्थी आवास (Student Accommodation) र केन्द्रीय पुस्तकालय (Central Library) को निर्माणका लागि शिलान्यास गरिएको  छ ।

 

उक्त कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यहरु, नेपाली सेनाका रथीवृन्दहरु, रक्षा मन्त्रालयका व्यवस्थापन महाशाखा प्रमुख  सह-सचिव यज्ञ प्रसाद ढुङ्गेल, विभिन्न विषयगत विज्ञहरु, स्थानीय निकायका प्रमुखहरु, काभ्रेपलाञ्चोक जिल्लास्थित विभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी वर्ग लगायतको उपस्थिति रहेको नेपाली सेनाले बताएकाे छ ।

 

प्रतिकृया दिनुहोस