• बिहीबार-चैत-१५-२०८०

कानको कपाल लामो बनाएर विश्व रेकर्ड ! 

 

गिनिज विश्व रेकर्ड आफैंमा विचित्रको छ । हालै छिमेकी मुलुक भारतका एकजना व्यक्तिले आफ्नो कानभित्रको कपाल सबैभन्दा लामो बनाएर विश्व रेकर्ड कायम गरेका छन् । हो, यी व्यक्तिले अहिलेमात्र नभई विगत १५ वर्षदेखि यो रेकर्ड आफ्नो नाममा कायम राख्दै आएका छन् । यी हुन् भारतका एकजना अवकाश प्राप्त शिक्षक एन्टोनी भिक्टर ।

 

उनको कानको कपाल ७ इन्च लामो रहेको छ । सन् २००७ देखि नै उनले यस कीर्तिमानलाई आफ्नो पक्षमा पार्दै आएका छन् । कानको बाहिरी भागमा उम्रिएको कपाल ७.१२ इन्च मापन भएको थियो । सन् २००३ मा पनि राधाकान्त बाजपेई नामका व्यक्तिले आफ्नो कानको कपाल १३.२ इन्च बनाएर यो कीर्तिमानी कायम गरेका थिए । 

प्रतिकृया दिनुहोस