🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किराँत समुदायको महान् चाड उधौली (चासोक तङ्नाम) पर्व : फोटो फिचर

काठमाडौँ, २२ मङ्सिर । किराँत समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

फोटो फिचर ः 

किराँत राई यायोक्खा पथरी शनिश्चे नगर कमिटीले आयोजना गरेको उधौली पर्वमा जातीय पोशाकमा सजिएका किशोरीहरु । (तस्बिर : गोपाल काफ्ले/रासस)
 

किराँत समुदायको चासोक तङनाम पर्वका अवसरमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा  ¥यालीमा सहभागी झाँक्रीहरु । (तस्बिर : दिलकुमार लिम्बू/रासस)
 

किराँत राई यायोक्खा पथरी शनिश्चे नगर कमिटीले आयोजना गरेको उधौली पर्वमा जातीय पोशाकमा सजिएका किशोरीहरु । (तस्बिर : गोपाल काफ्ले/रासस)
 

चासोक तङ्नाम पर्वका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायको परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै । (तस्बिर : सन्तोष पुर्कुटी/रासस)

चासोक तङनाम पर्वको शुभकामना आदान प्रदानका क्रममा जातीय पोशाकमा सजिएका लिम्बु युवा । (तस्बिर : गोपाल काफ्ले/रासस)
 

लिम्बु जातिको महान पर्व चासोक तङनाम (न्वागी पुजा) को अवसरमा मगर पोषक र गरगहनामा मगर समुदाय । (तस्बिर : गोपाल काफ्ले/रासस)