🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायतसँग त्रिपक्षीय वार्ता : प्राविधिक विषयमा छलफल

लण्डन, १५ मंसिर । भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ । 

बैठकमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा भूपू गोर्खाहरुको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्ग, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए । 

बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को वैठक छिट्टै गरिने सहमति भएको छ।

न्युज कारखाना