🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।  उक्त मुद्दामा फरार रहेका झापाको कनकाई नगरपालिका- ४ का ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।   

जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भएपछि फरार रहेका ढुंगानालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि  भद्रपुर कारागार पठाइएको  समेत प्रहरीले बताएको छ ।