🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुन ओसार्ने दुई नेपाली ल्हासा कारागारमा

रसुवा, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् ।

अभियुक्तले करीब एक महिनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए । पक्राउ परेको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको सिलवालले बताए  ।

यस्तै नेपालमा अवैधरुपमा सुन भित्रिएको विगतका घटनाक्रमलाई ध्यानमा राखी यस्ता गैरकानूनी क्रियाकलाप बन्द गरिदिन नेपाली पक्षले समय समयमा हुने गरेको सीमा बैठकमा राखेका प्रस्ताव चिनियाँ पक्षले कार्यान्वयन गर्न थालेबाट अबका दिनमा यस्ता गैरकानूनी काम अन्त्य गर्न मद्दत मिलेको नेपाल प्रहरीले जनाएको छ ।
–––