🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माैन समयमा आचारसंहिता उल्लङ्घन गर्ने ६ सञ्चार माध्यमले गरे भुलसुधार

काठमाडौँ २ मङ्सिर । आगामी २०७९ मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा २६ सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लङ्घन गरेकामध्ये ६ सञ्चार माध्यमले भुलसुधार समेत गरेका छन् ।

प्रेस काउन्सिल नेपालले आज जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ९ वटा पत्रपत्रिका, १५ वटा अनलाइन सञ्चार माध्यम र १ वेबपोर्टलबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले आचारसंहिता उल्लङ्घन गर्ने छापा माध्यमलाई स्पष्टीकरण माग गरी त्यस्ता सामग्रीको पुनरावृत्ति नगराउनेतर्फ सजग गराएको छ । यस्तै रेडियो र टेलिभिजनलाई क्षमायाचनासहित भुल सुधार गर्न र उक्त सामग्री पुनः प्रसारण नगर्न÷नगराउन भनेको छ ।

अनलाइन सञ्चार माध्यमको हकमा तत्काल हटाइ काउन्सिललाई जानकारी गराउन निर्देशन दिइएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत  एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलको निर्देशनपश्चात् ६ वटा सञ्चार माध्यमले क्षमायाचनासहित सामग्री हटाइ आगामी दिनमा आचारसंहिता पालनामा थप सजगता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मतदान सम्पन्न हुन अझै ४८ घण्टा बाँकी रहेको भन्दै काउन्सिलले राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं आचारसंहिता पालनामा अझ संवेदनशील हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेको छ ।