🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेदरल्यान्ड्ससँग पराजित दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा 

काठमाडौं, २० कात्तिक । नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह टु बाट दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सपनामा धक्का लागेको छ ।

दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।

यी दुई टोली आज हुने खेलमा आमने सामने हुँदैछन् । भारत एक खेल अगावै विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा उपविजेताका दौडमा बंगलादेश र पाकिस्तान रहेका छन् । यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ । 

नेदरल्यान्ड्ले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटियो । दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे । नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका कोलिन एकेरमनले २६ बलमा ३ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन जोडे । त्यस्तै ओपन स्टेभन माइबर्गले ३७ रन जोडे । दक्षिण अफ्रिकाका केशब माहाराजाले २ विकेट लिए ।
 

न्युज कारखाना