🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

निर्वाचन र गरिब नेपाली : आर्थिक संकटको डिलमा पुगेको नेपाल अब कता जाला ?

  धनीदेखि गरिब र नेतादेखि सर्वसाधारणलाई नै आवश्यक पर्ने भनेको तरकारी हो । तर, पछिल्लो समय राइको साग समेत प्रति किलो रु. ३००। सम्म पुग्यो । बजारमा तरकारी किनेर नै खान नसक्ने अवस्थामा जनता पुगेका छन् । यता तरकारी उत्पादन गर्ने किसानले भने परल मूल्य समेत पाउँदैनन् । उता उपभोग गर्नेले महंगो मूल्य तिर्नुपर्ने बाध्यता छ । किसानले व्यापारीलाई १० रुपैँया किलोमा बेचेको तरकारी जनताको भान्सामा पुग्दा सय रुपैँया नाघ्छ । यसरी बिचको सबै नाफा भने बिचौलिया, दलालहरुले खाने गर्छन् ।

तरकारी हामी सबैलाई नभई हु“दैन तर तरकारीमै यसरी सिण्डिकेट लगाएर वा किसानलाई मारेर बिचौलिया, दलालहरुले जनतालाई ठग्दा पनि सरकार किन मौन बसिरहेछ ? हाम्रो देशको खेतीयोग्य जमिनहरु सबै बाटो र घरमै सिधिँसकेको छ । पछिल्लो समय हरियो तरकारीदेखि सुकेको तरकारीसम्मै किनेर खानुपर्ने बाध्यता छ । किनभन्दा तरकारी उत्पादन गर्नका लागि खेतबारी छैन । भए पनि घर करेसामा तरकारी लगाउने बानी पनि छैन ।

निर्वाचन लागेको छ । चन्दा आतंक मच्चिएको छ । अब व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउने छुट पाउनेछन्, घरधनीले तीनतीन महिनामा भाडा बढाउनेछन्, यातायात व्यावसायीले वर्षमा चार पटक भाडा बढाउनेछन् तर काम गर्ने ठाउँमा ५ वर्षदेखि मजदूरकाे तलब बढेकाे छैन । निर्वाचनपछि महंगी नेपाल र गिरब नेपालीले कसरी थेगने ?

पछिल्लो समय कृषि कार्यमा किसानलाई नाफा नहुने भएकाले थोरै मानिसहरुले मात्र कृषि खेती गर्ने गर्छन् र मानिसहरु कृषि गर्नुभन्दा पनि खाडी मुलुकतिर जानै बेस ठान्छन् । नेपालमा कृषि कार्यमा संलग्न रहेका किसानहरुले एकातिर मूल्य पाउँदैनन् अर्कोतिर वर्षौं बित्दा पनि व्यापारीले किसानले पाउने पैसा दिंदैनन् । साथै बिचौलिया वा व्यापारीहरुले किसानलाई तौलमा समेत ठग्ने गर्छन् ।

बिचौलियाहरुले किसान र उपभोक्ता दुवैलाई नराम्ररी ठग्छन् । यो त तरकारी बेच्ने बिचौलियाहरुले तरकारी उत्पादन गर्ने र उपभोग गर्ने मानिसलाई ठग्ने एउटा सानो उदाहरण मात्र हो । कालीमाटी तरकारी तथा फलफूल बजारमा देशैभरिबाट वा भारतबाट पनि तरकारी आउँछ ।

यसरी कालीमाटी बजारमा आउने तरकारीको व्यापार गर्नका लागि स्टोरहरु बनाइएको छ र त्यो पनि विभिन्न व्यक्तिहरुको नाममा दर्ता गरिएको छ । साथै व्यक्तिको नाममा दर्ता भएको स्टोरको भाडा उसले सरकारलाई महिनाको ५ हजारदेखि २० हजारसम्म मात्रै तिर्छ । तर कतिले त आफैँले त्यो स्टोरमा पसल सञ्चालन गर्ने गरेका छन् भने कतिले अरुलाई भाडामा लगाएर महिनाको लाखदेखि ३ लाखसम्म भाडा असुल्ने गर्दैछन् ।

भाडा महंगो भएकाले यी स्टोरमा तरकारी बेच्नेहरुले पनि स्टोरको भाडा तरकारीमै जोड्ने गर्छन् । जसले गर्दा अहिले तरकारी महंगो भएर सर्वसाधारणले तरकारी नै खान छोड्नुपर्ने दिन आएको छ । साथै एकातिर तरकारीको महंगो भाउ तिरेपनि व्यापारीले कुहिएको र बासी तरकारी बेच्ने गर्छन् त तौलमा पनि ठग्छन् ।

यता कालीमाटी तरकारी तथा फलफूल बजारबाट तरकारी किनेर ल्याएका फुटपाथ व्यवसायी वा सटर व्यवसायीहरुले मनलागी तरकारीको मूल्य राखेर जनता ठग्छन् । कालीमाटी बजारबाट भक्तपुर, ललितपुर र काठमाडौँ उपत्यकाभित्रकै व्यापारीहरुले तरकारी लिएर जान्छन् । साथै यता बल्खुबाट फलफूल लिएर जान्छन् र आफ्नो पसलमा डबल मूल्यमा बेच्छन् ।

कालीमाटी तरकारी बजारले तरकारी तथा फलफूलको मूल्यनिर्धारण गरेपनि त्यो मूल्यभन्दा दोब्बर मूल्य तिरेर उपभोक्ताले तरकारी खान बाध्य छन् । व्यापारी वा पसलेको जिब्रोमा सामानको रेट छ भने व्यापारीले जति भन्यो त्यति नै  तिर्नुपर्ने बाध्यता जनताको छ । व्यापारीहरुले एकातिर त तौलमा ठग्छन् त अर्कोतिर महंगो पैसा तिरेपनि विषालु तरकारी खानुपरिरहेको छ । तरकारीमा विषालु औषधिहरुकै प्रयोगले पछिल्लो समय जनताको स्वास्थ्यमा नराम्रो असरहरु देखा परेको छ ।

किसानसँग व्यापारीले रु. २० रुपैँया किलोमा किनेको फलफूल जनताले  सय, दुई सय रुपैँयासम्ममा किनेर खानुपर्छ । यसले गर्दा उता उत्पादन गर्ने किसानले पनि परल मूल्य समेत पाउँदैनन् त उता उपभोक्ताले पनि महंगी व्यहोर्नुपर्छ ।

 नेपाललाई अन्य मुलुकहरुले आफ्नो व्यापार गर्ने थलो बनाइरहेका छन् तर सरकार भने अहिलेपनि खेतीयोग्य जमिनमा घर बनाउन नक्सा पास गरिरहेको छ । मानिस जन्मिएर नमर्नुन्जेल उसलाई खानेकुराको आवश्यक पर्छ तर अहिले त मानिसहरु खाद्यान्न किनेर खानै नसक्ने अवस्थामा पुगेका छन् । नेपालको जनसंख्या प्रत्येक दिन बढिरहेको छ र खाद्य संकट आइरहेको छ ।

पछिल्लो समय किसानहरुले समयमा मल र बिउ नपाउ“दा खेती किसानी छाडेर सबै रोजगारीको खोजीमा कि त विदेश पलायन कि त कुनै व्यवसायमा संलग्न हुँदा यहा“ खाद्यान्न उत्पादन गराउने किसान र जमिन दुवैको अभाव बढ्दो क्रममा छ । हामी नेपालीहरु नेपालमा कमाउँछौँ तर त्यो पैसा खाद्यान्न खरिद गर्न विदेशमा पठाउँछौ ।

यसले गर्दा विदेशी मुद्राको संचिति घटेको छ ।  नेपालको व्यापार घाटा पनि प्रत्येक दिन बढिरहेको छ । देशको अर्थतन्त्र टाट पल्टिने पुगेको छ । यही व्यापार घाटाका कारण आज नेपाल श्रीलंका हुन थालिसकेको बुद्धिजीवीहरु बताउछन् ।

त्यस्तै यता वित्तीय संस्थामा पैसा निकाल्नेको लर्को छ भने राख्ने कोही छैनन् भने पनि हुन्छ । घरजग्गा, गाडी र सेयरमा पनि मन्दी आइसकेको छ । यी क्षेत्रमा लगानी गर्नेहरु अहिले चुर्लुम्मै डुबिसकेका छन् । अहिले वित्तीय संस्थाबाट लिएको ऋण कसरी तिर्ने भनेर ऋणीलाई चिन्ता छ । अर्कोतिर सहकारी जस्तो वित्तीय संस्थामा पैसा राख्नेलाई हाम्रो पैसा डुब्यो भनेर चिन्ता छ  ।

जति ऋण लागेपनि र जति पीर परेपनि मानिसलाई बाँच्न खाद्यान्नको आवश्यकता पर्छ नै । तर, अहिले बेरोजगार बढेको छ । किनेर खाउँ त पैसा छैन, भोकै बस्न सकिदैन भने काल नआइ मर्न सकिदैन । ऋणमा डुबेका हामी अहिले भएका नेपाली र अब जन्मिने नेपालीलाई नै अब बाँच्न मुस्किल पर्दैछ ।

निर्वाचन लागेको छ । चन्दा आतंक मच्चिएको छ । अब व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउने छुट पाउनेछन्, घरधनीले तीनतीन महिनामा भाडा बढाउनेछन्, यातायात व्यावसायीले वर्षमा चार पटक भाडा बढाउनेछन् तर काम गर्ने ठाउँमा ५ वर्षदेखि मजदूरकाे तलब बढेकाे छैन । निर्वाचनपछि महंगी नेपाल र गिरब नेपालीले कसरी थेगने ?

निजी कम्पनी, पसल, घरायसी काम गर्ने, होटेलमा काम गर्ने, संघसंस्थामा काम गर्नेहरुको ५ वर्षदेखि तलब बढेको छैन तर तलब बढाउनुप¥यो भनेर माग गरेमा कामबाटै निकाल्ने गरिन्छ । निजी कम्पनीमा वा घरायसी काम गर्नेहरुको न्यूनतम् पारिश्रमिक सरकारले रु.१३४५०। तोकेको छ । तर, महिनाकोे ३ देखि १० हजारसम्म तलब हुन्छ ।

अनि सय रुपैँयाले एक छाक टार्ने तरकारी आउँदैन । साथै यता भाडाको गाडीमा खुट्टा टेक्नेबित्तिकै २५ रुपैँया लिइन्छ भने एउटा चिसो वा अ“ध्यारो कोठाको ठाउँअनुसार ५ हजारदेखि १३ हजारसम्म भाडा लिइन्छ ।

यता काम गरेको ठाउँमा पनि कतिले महिना मरेपनि तलब दिदैँनन् त कतिले तलब नै नदिएर खेद्छन्  । अनि कसरी सर्वसाधारण बा“च्ने त ? कति मानिसहरु त खर्च धान्न नसकेर काममा जाँदा पनि एक घण्टाको बाटो हिडेर जान्छन्, हिडेर आउँछन्, एक छाक खान्छन् र एक जोर लुगाले वर्ष कटाउँछन् । धनीले गरिबलाई थोरै रकम दिएर काम लगाएर शोषण गरिरहेका छन् त व्यापारीहरुले विज्ञापन बजाएर ५० रुपैँया नपर्ने सामान ५ सयमा बेचिरहेका छन् ।

यसरी धनी झन् धनी हु“दै गइरहेका छन् त गरिब झन् गरिब हुँदै गइरहेका छन् । त्यस्तै धनी र गरिब बिचको खाडल झन् बढिरहेको छ ।

 आर्थिक संकटको डिलमा पुगेको देश अब कता जान्छ र देशको अर्थतन्त्र कता जान्छ भनेर त चुनावपछि थाहा भइ नै हाल्छ  । तर विज्ञ वा अर्थविद्हरुको भनाइअनुसार त देश अहिले नै श्रीलंका जस्तै जस्तै भइसकेको छ । नेपालमा विदेशी हस्तक्षेप बढेको छ भने एकजना नेपाली जन्मिदै उसको टाउकोमा विदेशी ऋण रु. ७९ हजार बोक्छ  । अब यस्तो अवस्थामा हामी नेपालीहरु कसरी बाँचौँला ।