🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

विन्डसोर, बेलायत, ५ जेठ (रासस÷एएफपी) ः बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । 

राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उहाँहरूको विवाहलाई टेलिभिजनमार्फत गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गर्नुभएपछि परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उहाँहरू श्रीमान् र श्रीमती भएको घोषणा गर्नुभएको थियो । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ । 

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुग्नुभएको थियो भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लग्नुभएको थियो । 

यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलियमसँगै पुग्नुभएको थियो । 

विवाहको खुशियालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । 

उहाँहरू सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । 

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिकरुपमा देखापर्नुभएको थियो । 

अमेरिकी टेलिभिजनको टेलिशङ्खलामा काम गर्दा चर्चित हुनुभएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न हुनुहुन्छ । 
–––