स्विट्जरल्याण्डको द रेहतियन रेलव कम्पनीले बनाएको रेलले सबैभन्दा लामो यात्री रेलको रुपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ । करिब ५७ किलोमिटर लामो यस रेलले २२ वटा सुरुङ र २४ वटा पुलको यात्रा गर्दै युनेस्कको विश्व धरोहर अबलुला÷बर्निना मार्गमा पुगेको थियो ।

४५५० सिट र ७ चालकसहित यात्रामा निस्केको यो रेलले एक घण्टाको यात्रामा करिब २५ किलोमिटर यात्रा गरेको थियो । स्वीस रेलको सुरुवात भएको १७५ औं वर्षगाँठको अवसर पारेर यो रेल चलाइएको थियो । रेहतियन रेलवेका अनुसार कोरोना संकटका समयमा यात्रु तथा पर्यटकको संख्या खस्किएपछि कम्पनीले ३० प्रतिशत कारोबार गुमाउनु परेको थियो । त्यसैले युनेस्कोले तोकेको विश्व धरोहरको बारेमा जागरुकता बढाउनका निम्ति उक्त रेल सञ्चालन गरिएको थियो ।



(फोटो : एजेन्सी)



