काठमाडौं । प्रमुख दल अनि गठबन्धन दलका शीर्ष नेताहरुमध्ये झलनाथ खनाल चुनावी मैदानमा असुरक्षित देखिएका छन् । स्थानीय चुनाव लगत्तै कांग्रेस र माओवादीलाई गाली गर्दै एमालेसँग एकताका लागि बल गरेकाे आरोप खेप्दै आ्रएका खनाललाई अहिले तिनै पुराना आफ्नै बचनले पिरोल्न थालेको खबर छ ।
खनालले स्थानीय चुनाव लगत्तै कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई भोटर मात्रै बनाएको आरोप लगाएका थिए । अनि, लगत्तै बनेको जिल्ला समन्वय समितिको चुनावमा इलाममा पर्व प्रधानमन्त्री झलनाथ खनाल एमालेसँग मिलेका थिए ।
त्यही रिसले अहिले कांग्रेस र माओवादी खनाललाई हराउनुपर्छ भन्दै स्थानीय स्तरमा विरोधमा देखिएकाे खबर छ । गठबन्धन दलका असन्तुष्ट पक्षले अहिले खनाललाई असहयोग गरिरहेकाे खबर छ । मंसिर ४ गतेकाे चुनावी अभियानमा समेत गठबन्धन दल र तिनका नेताहरू खनालकाे असहयोगी भएर निस्केपछि शीर्ष नेताहरुमध्ये सबैभन्दा बढी असुररिक्षत खनाल देखिएकाे खबर छ ।
इलाममा एमालेका महेश बस्नेतले खनाललाई टक्कर दिइरहेका छन् । बस्नेतलाई असन्तुष्ट पक्षले साथ दिने संभावना बढेको स्राेत बताउछ । असुरक्षित रहेका खनाललाई एमाले पक्षले साथ नदिने हाे यस पटक उनी विजयी हुन मुस्किल अवस्थामा रहेकाे बताइएको छ । खनाललाई एमालेले साथ दिने गरी सुवास नेम्वाङसहित अन्य नेताहरुसँग अनौपचारिक संवाद लामो समयदेखि भइरहेको चर्चा पनि छ ।
जिससमा सहयोग गरेको भन्दै गुन तिर्नका लागि पनि खनाललाई साथ दिन खोजेका छन् । त्यसबाहेक चुनावपछि वाम एकताको पक्षमा एमालेसँग मिल्ने कुरामा खनाल सहमत देखिएका छन् । चुनावअघि समाजवादी केन्द्र बनाउने कुरामा सहमति भएपनि माओवादीसँग एकीकृत समाजवादी मिल्ने कुरामा खनालले नै असहहमति राखेका थिए ।
त्यही कारण उनीप्रति इलाममा एमाले सकारात्मक रहेकाे स्राेत बताउछ । त्यसो त, खनाललाई फकाउनका लागि गठबन्धन दलले राष्ट्रपति बनाउने आश्वासन पनि दिएको छ । तर, त्यसमा विश्वासिलो आधार भने रहेको छैन । राष्ट्रपति बनाउने आश्वासनमा खनाल आफैले विश्वास गरि नसकेका कारण उनी चुनावमा गएका हुन् ।
कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्री देउवाको दूत बनेर धेरै चोटी खनालसँग छलफल गरेका थिए । तर, निर्वाचनपछिकाे कसले के के पाउने भन्ने पदीय भागबण्डा गर्ने कुरामा गठबन्धन दलभित्र अहिले सहमति जुटिसकेको छैन । त्यसैले गठबन्धन दलबाट भावी प्रधान मन्त्री काे भन्ने पनि अन्याैल रहेकाे छ ।




