हामीले हामै्र नेपालमा समोसामा मुसा पोको परेको त सुनेका छौं । यति ठूलो लापरवाही हुँदा पनि कुनै कारवाही वा क्षतिपूर्ति भने भएन । तर, आइसक्रिम खाँदा अचानक मुसाको पुच्छर मुखमा आएपछि एकजना चिनिया महिलाले १५ हजार क्षतिपूर्ति पाएकी छिन् । चीनमा एक महिलाले आइसक्रिम खाँदा मुसा आएको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ ।
यस भिडियोमा देख्न सकिन्छ कि आइसक्रिममा मुसा जमेको थियो । ती महिला र उनको साथी पुनः आइसक्रिम पसलमा गएर यसको गुनासो राखे । पसलेले महिलालाई दर्जनभन्दा बढी आइसक्रिम फ्रीमा दिने अफर पनि गरे । तर यसबाट सन्तुष्ट नभएपछि महिलाले ठूलो रकमको क्षतिपूर्ति मागिन । स्थानीय नियामक प्राधिकरणका कर्मचारी आएर अन्ततः कुरा मिलाउँदा ती पसलले महिलालाई १५ हजार दण्ड तिर्नुपरेको थियो ।



