🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : कराँतेका सबै इभेन्ट सम्पन्न, खेलाडीहरु घर फर्किनेक्रम सुरु

पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधाअन्तर्गत पुरुष टिम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद शेख आलम, विजय श्रेष्ठ, चन्द्र सुनार, सुशील पौडेल र सन्तोष राइले स्वर्णपदक हात पार्न सफल हुनुभएको छ । 

त्यसैगरी गण्डकी प्रदेशका राजनकुमार पाइजा, प्रतीक घर्तीमगर, सक्षम लामा, विशाल थापा मगर, अङ्कित गुरुङ शेरचन, प्रज्वल गुरुङ र सुमन बानियाँले रजतपदक हात पार्न सफल हुनुभएको छ । 

यस्तै आजै सम्पन्न भएको महिला टिम कुमुटेमा बागमती प्रदेशका रोजिता ढुङ्गेल, रमिता माझी, कोपिला लिम्बू र सोनु श्रेष्ठले टिमलाई स्वर्णपदक जिताउन सफल भएको छ । नेपाल प्रहरीका सोनी राई, सविना श्रेष्ठ, एरिका गुरुङ र सुनिता महर्जनले रजतपदक हात पार्न सफल हुनुभएको छ । 

उन्नाइस इभेन्टमा नौ स्वर्णपदकसहित नेपाल प्रहरी टिम च्याम्पियनसहित मेडल हात पार्दै प्रगियोगितामा उत्कृष्ट सावित भएको छ । खेल सकिएसँगै खेलाडी घर फर्किनेक्रम सुरु भएको खेल संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो । 
–––