गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कूल नौ खेलमध्ये आठ खेलमा जित र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अङ्कका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो । खुला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुँदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नुभएको छ ।
नेपाल पुलिस क्बलका भण्डारीले कूल नौ खेलमा सात जित, एक हार र एक ‘ड्र’ गरेर ७.५ अङ्क प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभुवन आर्मी क्बलका मर्हजनले नौ खेलमा छ जित, दुई हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अङ्क प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको महिलातर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले आठ खेलमा जित र एक खेलमा हार बेहोर्दै कूल आठ अङ्कका साथ कास्य पदक जित्नुभएको छ ।
त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले नौ खेलमा छ खेल जित्दै छ अङ्कका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।
–––




