नेपालका संस्कृतिविद् सत्य मोहन जोशीको असामयिक निधनको बारेमा भारी हृदयले लेख्नु परेको छ I मलाई इच्छा थिएन लेख्न तर नेपालकै वरिष्ठ संस्कृतिविद्को असामयिक निधनको बेला उनीप्रति श्रद्धाञ्जलि स्वरूप केही लेख्ने ढृष्टता पंक्तिकारले गरेको छ I
सत्यमोहन जोशीको वि.सं २०७९ साल असोज ३० गते बिहान ७:०९ बजे निधन भएको कुरा सामाजिक संजालमा आयो । बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि. सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन् I डा. सत्यमोहन जोशी नेपालका प्रसिद्ध संस्कृतिविद् हुन्।
सन् १९३४ देखि उनको शिक्षा घरबाटै सुरु भयो । उनले घरमै अक्षर सिके र पछि काठमाडौंको दरबार हाईस्कूलमा भर्ना भए । एक उज्ज्वल व्यक्तिको रूपमा, उनले त्रिचन्द्र कलेजबाट स्नातक डिग्री पूरा गरे। सन् १९४४ मा सत्यमोहन सरकारी क्षेत्रमा प्रवेश गरे।
इतिहासको सर्सरती समीक्षा गर्दा जोशी वि. सं. २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए । वि. सं. २०१६ सालमा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरे।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा जीवनभर लागिपरेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ।
सन् १९५९ मा पुरातत्व तथा सांस्कृतिक विभागको पहिलो निर्देशक पछि उनले काठमाडौंमा राष्ट्रिय नाच घर-राष्ट्रिय रंगमञ्च स्थापना गरे । पाटनमा पुरातात्विक बगैंचा र तौलिहवामा पुरातत्व संग्रहालयको स्थापना पनि उनकै कालमा भएको हो ।
भक्तपुरमा राष्ट्रिय चित्रकला सङ्ग्रहालय पनि उनकै पहलमा स्थापना भएको थियो । सन् १९६० मा राजा महेन्द्रले सत्ता हातमा लिएपछि उनी चीनतिर भागे र उनले पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा नेपाली भाषा पढाएको कुरा सरसरी हेर्दा देखिन्छ ।
सत्यमोहनलाई सफल प्रशासक मात्र होइन लोक संस्कृति र यसको विविधताको प्रमुख संरक्षक पनि मानिन्छ। उनी एक सफल नाटककार, कवि, अनुसन्धान विश्लेषक हुन् ।
हाम्रो परिवर्तनशील बानी, बाहिरी हस्तक्षेपका कारण हामीले हाम्रो राष्ट्रियता, पहिचान र मौलिक प्रकृतिलाई बिर्सिंदै हाम्रा प्राकृतिक बानीहरू गुमाउँदै गइरहेका छौं । हाम्रो बहुभाषिक, बहुसांस्कृतिक समाज र समूहले नेपाललाई सांस्कृतिक केन्द्रको केन्द्र बनाउँछ । सांस्कृतिक दर्शन उनका पुस्तकहरूमा पाइन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य र संस्कृतिमा अतुलनीय योगदान पुर्याएबापत उनलाई ‘शताब्दीका साहित्यकार’ बाट सम्मान गरेको हो । उनका विभिन्न क्षेत्रमा ६० भन्दा बढी महत्वपूर्ण प्रकाशनहरू प्रकाशित छन् । उनी बहुआयामिक, बहुप्रतिभाशाली व्यक्तित्वको उदाहरण हुन् । हामी उनलाई समकालीन नेपाली भाषा र संस्कृतिका पिता मान्छौँ ।
्र
नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटकसम्म मदन पुरस्कार जित्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन् । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।
सिक्कामा सत्यमोहनको तस्बिर
नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ।
सत्यमोहन जोशीका कृतिहरू
सत्यमोहन जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् भने दुई वटा काव्य, पाँच कथा सङ्ग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु लेखेका छन् । समालोचकहरूले उनका ५० वटा पुस्तक प्रकाशित भएको जनाएका छन्। तीमध्ये उनका २० पुस्तकलाई महत्त्वपूर्ण पुस्तक मानिएको छ I ” सत्यमोहन जोशीकाे लेख्ने क्षमता र प्रकाशित पुस्तकका हिसावले भारतीय दार्शनिक राहुल सांकृत्यानसँग दाँज्न सकिन्छ ।
ई सी, यस पत्रिकामा अन्तर्वार्ताको क्रममा उनी भन्छन ,” ‘यति’ कस्तो देखिन्छ र तिमीले अग्ला हिमाल पनि चढेका छौं ?” सत्यमोहन जोशीले आफ्नो देशमा पाइला राख्दा न्यूजील्याण्डका नागरिकहरूले सोधेको पहिलो प्रश्न थिए । तेन्जिङ र हिलारीले नेपालमा पहिलो पटक सगरमाथा आरोहण गरेको भोलिपल्ट न्यूजील्यान्डमा पाइला राख्ने पहिलो नेपाली किन नबुझेर उनी अनजानमै बाेलेका थिए । “सत्यमोहन जोशीलाई नेपालको समृद्ध सांस्कृतिक बुलबुलेको माली भनेर सम्बोधन गर्दा केही हदसम्म न्याय मिल्छ, तर यो त्योभन्दा पनि बढी हुन् उनी I
साहित्य र संस्कृतिका सबै क्षेत्रमा विज्ञतापूर्वक लेखिएका सत्यमोहन जोशीलाई सफल प्रशासकका रूपमा मात्र नभई नेपालमा लोक संस्कृति र यसको विविधताको प्रमुख संरक्षक पनि मानिन्छ। "ज्याक अफ ऑल ट्रेड्स र सबैको मास्टर" भनेर चिनिने उनी एक सफल नाटककार र नाटककार, कवि र अनुसन्धान विश्लेषक पनि हुन I
सत्य मोहन जोशीको धरै कृति, बिमोचन र अन्तर्वार्ता सुने पनि यस पंक्तिकारको उनीसंगको प्रत्यक्ष साक्षातकार करिब तीन पटक मात्र भएको थियो I सत्य मोहन जोशीद्वारा हाम्रा पिता दशरथ मान सिंहको बारेमा विभिन्न व्यक्तिद्वारा लिखित पुस्तक “ शताब्दी पुरुष दशरथ मान सिंह” को लोकार्पणको समयमा उनले पाल्पाको बारेमा दिएको बक्तब्य खास गरि पाल्पाको मन्दिर , टोलका बारेको अभिव्यक्ति स्मरणीय हुन्छ I
अर्को “लुना: प्रेम अधुरो कि पूरा “ पुस्तकको बारेमा उनले जुरेलीको कथा र सो पुस्तकको अंग्रेजी संस्करण गर्न सक्ने व्यक्ति आफ्नै सामु रहेको भनि तत्कालीन अवस्थामा भनेको र सो कुरा पछि मूर्त रुपमा प्रकाशित भएको कुराको स्मरण हुन्छ I
करिब पाच बर्ष अगाडि सत्य मोहन जोशीको प्रमुख आतिथ्यतामा आयोजित तानसेन गुठीको रजत महोत्सव तथा वार्षिक भेलालाई सम्बोधन गर्दै जोशीले कुनै समूह र क्षेत्रको मात्र विकाशको कुरा नगरी सम्पूर्ण छेत्रमा समावेशी हुनु पर्नेमा जोड दिएका थिए I उनले भनेका थिए, “आज भन्दा करिब २०० बर्ष अगाडिको घटनाक्रमलाई प्रस्तुत गर्दै सात समुन्द्र पारिका ब्रिटिशले भारतलाई कब्जामा लिईसकेको र “बेलायतका राजा भारतका बादशाह” को अधिनमा भारत परिसकेको थियो I सोही समयमा नेपाललाई काँचै खाऊ जस्तो गरि निहुँ माथि निहुँ खोजेर युद्धको घोषणा भै युद्ध चल्यो I नेपालका चारवटा नाकामा युद्ध चल्यो I त्यत्रो ठुलो साम्राज्यको अगाडि नेपालको के शक्ति होला भन्ने जन मानसमा भ्रम थियो ।“
सोहो बेला उनले भने, “ त्यस बेला तानसेन पाल्पाका तैनाथवाला उजीर सिंह थापाको कमाण्डमा अंग्रेज़ फाेजसंग युद्ध लड्ने चुनौती नेपाल सामु आयो । उजीर सिंहले त्यत्रो फौज बुटवलसम्म आएमा आफ्नो केही नलाग्ने देखे।
नेवार समुदायले शहर मात्र बसालेनन बरु देवी देवतालाई समेत संगै लिएर गए । भगवतीको मूर्ति स्थापना गरे भगवती टोल नाम राखे, भीमसेन मन्दिर स्थापना गरि भीमशेन टोल, आदि नामाकरण गरे I पाल्पा तानसेनमा समेत भगवती माताको मूर्ति स्थापित थियो I
तत्कालीन तैनाथवाला कमाण्डर उजीर सिंह थापा ले भगवती मातासंग गइ हे देवी, हे माता, हे भगवती भनि आराधना, उपाशाना एवम् ध्यान गरि अंग्रेज फौजसंग सानदार र वहादुरीका साथ मुकाबाला गर्न सक्ने शक्ति देउ, रणनीति देउ भनि तनमन गरेर प्रार्थना गरे। सोही अवसरमा उनले भाकल गरि युद्धमा जित भएमा हजुरलाई मन्दिर बनाउने, गहना अर्पण गर्ने, वार्षिक रुपमा जात्रा गर्ने, भनि पाल्पामा प्रण गरे ।
या देवी सर्ब भूतेशु मात्री रुपेन सस्थिता …भन्ने श्लोकको माध्यमबाट शक्ति नभई कुनै कार्य हुन नसक्ने अनुभूति माताबाट भयो।“ यो कुराको स्मरण उनले गराएका थिए I
पृथ्वी नारायण शाहले भने झैँ “जाइ कटक गर्नु, झिकी कटक नगर्नु ” भन्ने मूल मन्त्र अङ्गीकार गरि, रणनीति बनाई अंग्रेज फाैजसंग युद्ध लडी अंग्रेज पिठ्यु फर्काएर नेपालबाट भागे। यही जितको फलस्वरूप पाल्पामा रण उजॆश्वरी भगवती जीवन्त भइ त्यो समय देखि हालसम्म जात्रा उत्सवको रुपमा मनाउदै आइएको छ। यसबाट के प्रस्ट हुन्छ भने हरेक शक्तिको संकेत हुन्छ। नेपाल सानो मुलुक भए पनि सार्वभौम छ।'' सत्यमोहन जोशीले भनेको स्मरण हुन्छ I




